रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्गको जंगलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पल्टेर रहेको धान काट्ने थ्रेसर मेसिनलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको बीएसी ५६०३ नम्बरको कारले ठक्कर दिँदा थ्रेसरमा काम गरिरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आज साँझ करिव सवा ७ बजे बागमती र चपुरको जंगलको बीचमा थ्रेसर निकाल्ने क्रममा तीव्र गतिमा आएको कारले थ्रेसरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
कारमा एक मात्र व्यक्ति सवार रहेको बुझिएको छ भने मृत्यु हुने व्यक्ति थ्रेसरको खलासी रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान हुन बाँकी छ र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




