रौतहट । चन्द्रपुर १ पौराईस्थित लच्कन पुल नजिक आइतबार राति भएको एक दुर्घटनामा भारतीय नागरिक भोला गिरीको मृत्यु भएको छ । भारतको पश्चिम चम्पारण जिल्ला, चौतारया ग्रामपंचायत, मझौया १५ निवासी ४५ वर्षीय गिरीलाई कारले ठक्कर दिएको थियो ।
धान काट्ने मेशिन (कम्पाईन मेसिन) पल्टिएपछि प्राविधिकले मर्मत गर्न बाहिर निकाल्दा जनकपुरबाट नारायणघाटतर्फ जाँदै गरेको बाग्मती बीएसी ५६०३ नम्बरको कारले ठक्कर दिएको थियो ।
गिरी, मेशिनका मिस्त्री थिए । कारको ठक्करबाट उनको टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका लागि चन्द्रपुर अस्पताल ल्याए पनि राति नै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि, चितवनको भरतपुर महानगरपालिका २ निवासी कार चालक तन्नु बन्सललाई प्रहरीले नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ ।




