बारा । नक्कली नागरिकता जारी गरेको अभियोगमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा (नासु) उमेश कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, मृतक नेपाली व्यक्तिको नाममा भारतीय मुस्लिम नागरिकको फोटो टाँसी वंशजका आधारमा नागरिकता जारी गरेको आरोपमा नासु पासवानलाई पक्राउ गरिएको हो ।
यसअघि, नागरिकता लिने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको अवस्थामा नासु पासवानमाथि थप अनुसन्धान भइरहेको थियो । कार्यरत अवस्थामा उनले पुन: आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावना रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।




