सप्तरी । सप्तरीको राजविराज कारागारमा कार्यरत एक कर्मचारीविरुद्ध बलात्कारको आरोप लागेको छ । उक्त घटनामा ३० वर्षीय चन्दन यादव, जो राजविराज कारागारका कार्यालय सहयोगी हुन्, उनी आरोपित भएका छन् ।
पीडित महिलाले ८ महिना अघि यादवले कारागारको प्रशासनिक कक्ष नजिकको बिजुली घरमा बलात्कार गरेको बताएकी थिइन् । उनले यस सम्बन्धी जाहेरी उदयपुर प्रहरी कार्यालयमा दिएकी थिइन् ।
महिला अहिले उदयपुर जिल्ला कारागारमा बन्दी जीवन भोग्दैछिन् । सप्तरी जिल्ला अदालतले आरोपी चन्दन यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनको करार सेवा रद्द गरेको छ ।
आरोपी यादवले भने आरोप असत्य भएको दाबी गर्दै एक दुई दिनभित्र अदालतमा उपस्थित भएर आफ्नो पक्षमा बहस गर्ने बताएका छन् । यो घटना बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।




