सर्लाही । सर्लाहीको बलरा नगरपालिका ९, अचलगढमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सर्लाहीको अचलगढमा अनटेष्ट ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा ४० वर्षीय चालक राजेश साह (रुस्तम) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।




