बारा । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत बारा प्रहरीले एकैदिनमा १० जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बिहिबार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिन १० फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका १८ का चोरी मुद्दामा लालबाबु महतो धानुकलाई जिल्ला अदालतबाट १ महिना कैद र ५ हजार जरिवाना रहेको छ ।
त्यस्तै पक्राउ पर्नेमा फेटा गाउँपालिका ४ बतराका चोरी मुद्दाका मुकेश मुखिया, चोरी मुद्दामा निजगढ ९ का अमृत लामा, चेक अनादर मुद्दामा सिम्रौनगढ ११ का सन्तोष साह तेली, सोही मुद्दामा वडा १० का वकिल प्रसाद यादव, करैयामाई ८ का नागेन्द्र पण्डित, गंजभवानिपुरका शोषनाथ प्रसाद साह तेली, बरियारपुरका रामायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए ।
त्यसैगरी जनक बहादुर स्याङतान निजगढ १ का हात हतियार खर खजाना मुद्दा र सोही मुद्दामा सोही ठाउँका प्रेम बहादुर स्याङतान पक्राउ परेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
पक्राउ परेका सबै १० जनालाई फैसला कार्वान्यनका लागी बारा जिल्ला अदालत कलैयामा बिहिबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ ।




