सिरहा । सिरहा नगरपालिका १९ सन्हैठा चोकमा शुक्रबार साँझ मोटरसाइकल र कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सवारीको ठक्करबाट पतिराम चौधरीको मृत्यु भएको हो ।
प्रदेश २–०१–००१ प ८५२१ नम्बरको मोटरसाइकल र भारतीय नम्बरको बिआर ०१ एसएम ४८१३ कारले ठक्कर दिँदा ५८ वर्षीय चौधरी गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रिफर गरिएको छ । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




