वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका १७ स्थित अलौ चोक छवगछियामा शनिबार बिहान टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय प्रभु राउत थारूको मृत्यु भएको छ ।
ना ८ ख २६११ नम्बरको टिपरले बिआर २२ बिजि १४५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । गम्भीर घाइते थारूलाई नारायणी अस्पताल पुर्याइएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि टिपर चालक फरार भएका छन्, र प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।




