सिरहा । सिरहा नगरपालिका ९ गुलरिया चोकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गए राति भएको दुर्घटनामा ४५ वर्षीय रञ्जित मुखियाको मृत्यु भएको छ ।
नवराजपुर गाउँपालिका १ तानासुया निवासी मुखियालाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो ।
मोटरसाइकलमा सवार अन्य दुई व्यक्ति गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




