रौतहट । रौतहटको राजदेवी नगरपालिका १ पथरास्थित सडकमा शनिबार बिहान भारतीय नम्बर बिआर ३० एके १४६५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेर स्कुटर चालक २५ वर्षीय निशान्त अधिकारीको मृत्यु भएको छ ।
सर्लाहीको चक्रघट्टा नगरपालिका ४ बेलही टोलका अधिकारीलाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल गौर लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




