सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ । साह जसपा नेपालबाट मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पदभार ग्रहण समारोहको समयमा कर्तव्य ज्यान मुद्दामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष साहमाथि डाक्नेश्वरीमा दुई जनाको हत्याको आरोप छ ।
अदालतले जारी गरेको परमादेशपछि उनलाई पक्राउ गरिएको हो । सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको र अनुसन्धान भइरहेको पुष्टि गरेको छ ।




