सर्लाही । सर्लाहीमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा महोत्तरी औरही नगरपालिका ५ श्रीपुरका २३ वर्षीय दिलिप मुखियाको ज्यान गएको हो ।
ईश्वरपुर नगरपालिका १२ स्थित सडकमा शुक्रबार साँझ नम्बर नखुलेको गाडीले ज २ प ७९९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मुखियाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मुखियाको उपचारका लागि नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो, तर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन्, जसको उपचार त्रिदेव अस्पताल लालबन्दी १७ (रानिगञ्ज) मा भइरहेको छ । ठक्कर दिएर फरार भएको सवारीको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । मृतक मुखिया रानिगञ्जमा वर्कशप सञ्चालन गर्दै आएका थिए ।




