सप्तरी । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका एक कर्मचारी झ्यालमा डोरीले बाँधिएको अवस्थामा मृत फेला परेका छन् । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा ४५ वर्षीय सुधीर कुमार झाको शव झ्यालको रडमा डोरीले बाँधिएको अवस्थामा भेटिएको हो ।
झा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार मृतकको दुवै खुट्टा भुइँमा टेकेको देखिएको छ भने घाँटीमा डोरी झ्यालको रडमा बाँधिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा झाको हत्या गरी शव झ्यालमा बाँधिएको हुन सक्ने आशंका गरिएको छ । घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ ।




