रौतहट । गौर नगरपालिका ६ सवगडास्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र २-०३-०१३ प ६६५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गौर नगरपालिका ६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका प्र २-०३-०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको वीरगंजस्थित सर्वोत्तम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।




