वीरगंज । एसएसबी र रक्सौल नकरदेई थाना टोलीले २७८ ग्राम ब्राउनसुगरसहित चार जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमा वीरगंज महानगरपालिका १२ का एक स्थानीय, वडा नं ६ रामटोलका अर्का व्यक्ति, रेशमकोठी क्षेत्रका एक युवक र बाराको नितनपुरका एक व्यक्ति रहेका छन् ।
एसएसबीले उनीहरूको पहिचान सार्वजनिक गरेको छ । चारै जनामाथि लागूऔषध नियन्त्रण ऐन (एनडिपिएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा राखिएको छ । उक्त क्षेत्रमा स्म्याक र ब्राउनसुगरको अवैध कारोबारलाई लक्षित गर्दै हालै आएका प्रहरी प्रमुखको नेतृत्वमा लगातार कारबाई भइरहेको बताइएको छ ।




