सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एक सय ३० किलो गाँजा फेला पारेको छ ।
सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।
प्रहरीले खोज तलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।




