महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित कारे घोप्डेस्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको बा प्र ०२–२५ प ९०१४ नम्बरको मोटरसाइकल बुधबार राति अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा बर्दिबास नगरपालिका ३ बस्ने ३३ वर्षीय अम्बर माझीको ज्यान गएको हो ।
गम्भीर घाइते भएका माझीलाई तत्कालै सरकारी अस्पताल बर्दिबासमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते भएका छन् । उनको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । दुर्घटनाको कारण र अन्य विवरण बारे प्रहरीद्वारा आवश्यक अनुसन्धान जारी रहेको छ ।




