रौतहट । गौर नगरपालिका ५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाहसहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामै उनीहरूलाई नगद २८ हजार ७ सय १५ रुपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ र थप कारवाहीका लागि काम गरिरहेको जनाएको छ ।




