सिराहा । नरहा गाउँपालिका ३ आर्मी ब्यारेकस्थित सडकमा बिहीबार बेलुकी ना ८ ख ८८२२ नम्बरको टिपरले प्र २-०१-००१ प ९२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका ११ बलगाँवा बस्ने २४ वर्षीय बासु कुमार साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका साहलाई लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचारको क्रममा मृत घोषित गरिएको हो ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक अन्य व्यक्तिलाई सोही अस्पतालबाट थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।




