सर्लाही । लालबन्दी नगरपालिका १५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या अभियोगमा ईश्वरपुर नगरपालिका १२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर २८ गते राति विष्णुमायामाथि ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा मोक्तानलाई अस्थायी प्रहरी पोस्ट परवानीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घटनामा गम्भीर घाइते भएकी विष्णुमायाको लालबन्दीस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




