रौतहट । चोरी भएको मोटरसाइकलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. १० का १९ वर्षीय आयुष चौधरी रहेका छन् ।
पुस १ गते चन्द्रपुर ९ सिंधुरेघाडी निवासी रामकाजी गुरुङको घरमा पार्किङ गरी राखिएको रोयल एन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले खोजतलास गर्ने क्रममा उक्त मोटरसाइकल वडा नम्बर १० स्थित बाँसघारीको झाडीमा लुकाइएको अवस्थामा फेला पारेको थियो ।
पक्राउ परेका चौधरी बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।




