वीरगंज । वीरगंज महानगरपालिका २५ बहुअरीस्थित सडकमा बुधबार साँझ नखुलेको सवारी साधनले ठक्कर दिँदा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ ।
बारा सुवर्ण गाउँपालिका २, कवही टोलका प्रमोद मिश्राको छोरा राज मिश्रासहित मोटरसाइकलमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगंज लिइएको थियो, जहाँ उनको मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ र फरार रहेको सवारी साधनको खोजी जारी राखेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




