वीरगंज । पर्सागढी नगरपालिका ३ मा सालको रूख कटानमा संलग्न रहेको आरोपमा दुई जनालाई सबडिभिजन वन कार्यालयले पक्राउ गरेको छ ।
जमदार जीतबहादुर तामाङ नेतृत्वको गश्ती टोलीले राष्ट्रिय वन क्षेत्रमा सालको रूख काट्दै गरेको अवस्थामा पर्सागढी नगरपालिका ३ बडनिहारका ओसियर ठाकुर र धर्मेन्द्रदास थारूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई कारवाहीका लागि डिभिजन वन कार्यालय, पर्सा पठाइएको छ । वन सम्पदाको सुरक्षाका लागि गश्ती अभियानलाई सशक्त बनाइएको सबडिभिजन वन कार्यालय, बडनिहारले जनाएको छ ।
यसै क्रममा राष्ट्रिय वन क्षेत्रमा हुने अवैध कटान र अन्य गतिविधिमाथि कडा निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।




