सर्लाही । हरिवन नगरपालिका ६ चारली चोकबाट सोमबार राति भरुवा बन्दुक, बारूद र छर्रासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ भेषराज टोलका ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका २ का ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको टोलीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा २३ प ८८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई एकनाले भरुवा बन्दुक, करिब ५० ग्राम बारूद र ४७ वटा छर्रा बेरिङसहित पक्राउ गरेको हो । यस घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




