धनुषा । जनकपुरधाम उपमहानगरपालिका १९ थुमौनास्थित सडकमा मधेश प्र ०२-००६ प १५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो भएको उक्त दुर्घटनामा चालक ३५ वर्षीय सिकिन्द्र यादव र मोटरसाइकलमा सवार ३२ वर्षीय नन्दलाल यादवको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सिकिन्द्र यादवलाई प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ उनको मृत्यु भयो । त्यस्तै, नन्दलाल यादवलाई न्यूरो अस्पताल जनकपुरमा भर्ना गरिएको थियो, तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनाको कारण र थप विवरण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिरहेको छ । यस दुखद घटनाले स्थानीय बासिन्दा शोकमग्न भएका छन् । मृतक परिवारलाई सहयोगका लागि स्थानीय स्तरमा पहल सुरु भएको छ ।




