रौतहट । कुटपिटका कारण एक जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका १ निवासी २० वर्षीय रामनरेश राय यादव रहेका छन् ।
२०७९ साल फागुन २४ गते सोही स्थानका २५ वर्षीय गजेन्द्र दासको कुटपिटको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका यादव केही समयपछि प्रहरीसमक्ष आफैँ उपस्थित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता रामकुमार महतोका अनुसार यादवले आफैँ प्रहरीसमक्ष हाजिर भएपछि उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
यस घटनाले स्थानीय समुदायमा गहिरो असर पारेको छ । प्रहरीले यस मुद्दामा गहन छानबिन गर्ने र न्यायिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।




