रौतहट । रौतहटको उत्तरी भेग चन्द्रनिगापुरमा दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न दुवै जना चोरहरूलाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन् ।
डिएसपी राईका अनुसार आरोपीहरु चन्द्रपुर ४ बस्ने वर्ष २२ का मिलन विश्वकर्मा र वर्ष २५ का संजय सिंह माथि चोरी सम्बन्धी मुद्दा दायर गरि अदालतबाट म्याद थमाइएको छ ।
आरोपीहरुले अनुसन्धानको क्रममा विभिन्न मितिमा रात वा दिनको समयमा घरभित्र प्रवेश गरी चोरी गर्ने गरेको समेत बताएकाले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय चन्द्ननिगाहपुरको सूचनामा उल्लेख छ ।




