पर्सा । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जबाट अवैध लागूऔषध गाँजा ५० किलोग्रामसहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका १ विश्रामपुर बस्ने ४० वर्षीय पारस यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पारस यादवसहित अन्य तीन जनालाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पक्राउ गरिएका व्यक्तिहरूको थप अनुसन्धान जारी रहेको छ ।




