धनुषा । धनुषाको मिथिला नगरपालिका ८, जमुनिवासमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले पीडित पक्षको भनाइको आधारमा बिहीबार राति उक्त व्यक्ति पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले भनेको छ कि हाल अनुसन्धान जारी रहेको छ र स्वास्थ्य परीक्षणको रिपोर्ट प्राप्त भएपछि मात्रै थप जानकारी दिन सकिने छ ।




