सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामा ‘हनुमानी’ भनिने रामबहादुर रजकलाई पैसा डबल गरिदिने प्रलोभनमा दर्जनौं व्यक्तिबाट करोडौं ठगी गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई घरबाट पक्राउ गरिएको हो । पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए, जसको आधारमा सुराकी प्राप्त गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार वर्षौंदेखि ठगी धन्दामा संलग्न भएको भन्दै गुनासो र उजुरी परेको थियो, जसपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।




