रूपन्देही । रूपन्देहीको रोहिणी गाउँपालिका ३, रामनगरस्थित सडकमा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
युपी ५५ डि ६९५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी भारतको महाराजगंज प्रशामलिक थाना ग्रामपोष्ट निवासी २६ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चौधरीलाई भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण र अन्य विवरण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।




