पर्सा । पटेर्वा सुगौली गाउँपालिका ४ कर्वोलास्थित सडकमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
ना २८ प ३८१९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही ठाउँका २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीको वीरगंजस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।




