धनुषा । जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा ६० वर्षीय सत्यनारायण साह तेलीको मृत्यु भएको हो ।
ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी गाउँपालिका ५ गौरीगाका तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




