सर्लाही । गोडैता नगरपालिका ४ रोहुवा सडकमा आइतबार साँझ बीआर ०५ एच ५७४८ नम्बरको स्कारपियो र बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गोडैता नगरपालिका ९ निवासी ४५ वर्षीय देव नारायण पण्डितको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । यस्तै, दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्, र उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । स्थानिय प्रशासनले सडक सुरक्षामा विशेष ध्यान दिन र सवारी साधन चलाउँदा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।




