पर्सा । वीरगंज महानगरपालिका १६ अमर चोकस्थित सडकमा बसको ठक्करबाट मंगलबार बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिँदा बारा फेटा गाउँपालिका ५ निवासी ४५ वर्षीय चोकट भन्ने तयमोदिन मियाँ गम्भीर घाइते भएका थिए ।
घटनापछि घाइते मियाँलाई उपचारका लागि नारायणी अस्पताल वीरगंज पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । यो दुर्घटनाले सडक सुरक्षा प्रति स्थानीयको चासो बढाएको छ ।




