सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विष्णुपुर गाउँपालिका १ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
अकलेशले ती बालिकालाई सोही गाउँपालिका ७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




