महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ । गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज १२ प ३५८० नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका ४५ वर्षीय जय प्रकास यादव, जो सोही ठाउँका निवासी हुन् उनी गम्भीर घाइते भएका थिए । घटनापछि उनलाई तत्कालै सरकारी अस्पताल बर्दिवास लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेका छन् ।
दुर्घटनाको कारण बारे अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त नभएपनि यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस घटनाले स्थानीयवासीलाई शोकमग्न बनाएको छ भने परिवारजनले सत्य तथ्य पत्ता लगाउन आग्रह गरेका छन् ।




