सिराहा । लहान नगरपालिका १३ सरस्वती टोलमा ट्याक्टरको ठक्करबाट ७० वर्षीया पैदलयात्री बिना सार्कीको मृत्यु भएको छ । ट्याक्टरले शुक्रबार दिउँसो ठक्कर दिएपछि सार्की गम्भीर घाइते भएकी थिइन् ।
मल्हनमा टोलबाट सरस्वती टोलतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ त १२७३ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि सार्कीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो ।
तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्याक्टर चालक फरार भएका छन् । प्रहरी चालकको खोजीमा जुटेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




