बारा । जीतपुर सिमरा उपमहानगरपालिका १६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका १ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगंज महानगरपालिका १५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको पिकअप गाडीमा नगद फेला परेको हो ।
प्रहरीले म-प्र-०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




