सप्तरी । अग्निसाईर कृष्णसावरण गाउँपालिका २ सितापुर निवासी ४० वर्षीय संजय चौधरीको करेन्ट लागेर मंगलबार बिहान निधन भएको छ । चौधरी आफ्नै गहुँबारीमा पानी लगाउनका लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई तुरुन्तै उपचारका लागि युनिक अस्पताल, रूपनी लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको हो । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




