वीरगंज । वीरगंज महानगरपालिका १० आदर्शनगरबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल निवासी २७ वर्षीय ओम कुमार रौनियारलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारेको थियो ।
प्रहरीले पक्राउ परेका रौनियारलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखी थप कारबाही अघि बढाएको जनाएको छ ।




