सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १० धनगढी चोकस्थित सडकमा मंगलबार साँझ ट्याक्टरबाट लडेका एक युवकको मृत्यु भएको छ ।
चोहर्बाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका ६ बडहरा निवासी २५ वर्षीय सुरेश मुखिया दुर्घटनामा परेका थिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा आरके मेडिसिटी अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको छ ।




