सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका १ का निर्वाचित वडा सदस्य रामभजन राय यादवको निधनका कारण गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।
वडा सदस्य यादवको निधन १५ माघका दिन भएको हो । उनका परिवार र आफन्त प्रति गहिरो शोक व्यक्त गर्दै बसबरिया गाउँपालिकाले उक्त निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाले यस घटनामा दु:ख व्यक्त गर्दै मृतकको आत्माको शान्ति र शोकसंतप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । शोक बिदाको अवसरमा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन् ।




