रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ चिडियादह टोलबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार राति इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठलाई १ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




