सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १५ सुकनाहा बजारबाट प्रहरीले नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ भारत, सीतामढी पुरान्दा राजवाडा ९ निवासी २७ वर्षीय मुकेश कुमार सोनीलाई भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोटसहित पक्राउ गरिएको हो ।
स्थानीय किराना पसलमा उनले सामान खरिद गरेपछि नक्कली नोट दिएको भन्ने सूचना पाएपछि अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
साथै, प्रहरीले सोनीले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस घटनामा संलग्नता बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




