सिराहा । सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका ३ स्थित पेट्रोल पम्प नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो प्रदेश १-०५-००२ प १५६३ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उदयपुर, त्रियुगा नगरपालिका ११ निवासी ३० वर्षीय मनिष रायमाझी गम्भीर घाइते भएका थिए ।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको छ ।




