सप्तरी । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ५ लोखरमस्थित सडकमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय युवाको मृत्यु भएको हो । लोखरमबाट सिपुरतर्फ जाँदै गरेको प्र २-०१-००१ त ०२०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक मुकेश कामैतलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




