बारा । बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ बकतौराबाट प्रहरीले करिब ६३ किलो २ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका बा ०२-०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरका मोटरसाइकलमा सवार व्यक्तिहरूलाई रोक्ने प्रयास गरेको थियो । तर, प्रहरीले देख्नासाथ उनीहरू मोटरसाइकल र चारवटा पोका फालेर फरार भएका थिए ।
प्रहरीले ती पोकाहरूको तलासी गर्दा ६३ किलो २ सय ग्राम गाँजा फेला परेको थियो । हाल फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस घटना बारे थप अनुसन्धान जारी छ ।




