महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका ६ रतौलमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय राजु साह सोनारका ३ वर्षीय छोरा आशिक साह सोनार सोमबार दिउँसो सोही ठाउँस्थित पोखरीमा डुबेका थिए ।
गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बालकको मृत्युको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




