धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका ८ कचुरीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार बेलुकी बा ३१ प ८३०२ नम्बरको मोटरसाइकल साइकलसँग ठोक्किँदा सोही नगरपालिका ५ उत्तमपुरका ४० वर्षीय बिरेन्द्र राउत गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनापछि साइकल चालक फरार रहेका छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




